जाडोमा बजारमा अम्बा पनि पाइने गर्छ । यो खानका लागि जति स्वादिष्ट हुन्छ त्यति नै फाइदाजनक पनि हुन्छ । तर कहिलेकाँही यसको बीजले शरीरमा बेफाइदा पनि गर्न सक्छ ।
सायद यसबारेमा तपाईंलाई थाहा नहुन सक्छ । जानौं यसका नोक्सानी बारे–
अम्बा धेरै गुणले भरिएको हुन्छ । यसमा एन्टीमाइक्रोबियल, एन्टीफंगल, भिटामिन सी, के, बी ६, फोलेट, नियासिन, एन्टीडायबिटिक, आइरन, क्याल्सियम, जिंक जस्ता तत्व पाइन्छन् ।
अम्बाको बीज चपाउनका लागि एकदमै साह्रो हुन्छ । साना तथा कडा बीज दाँतमा अड्किएर फस्ने पनि गर्छन् ।
धेरै नै बिज भएको अम्बाको सेवन गर्दा पेट दुख्ने तथा घोँच्ने समस्या पनि हुन सक्छ । राम्रोसँग चपाउन नसक्दा त्यसले पाचन प्रणालीमा नराम्रो असर गर्न सक्छ ।