तातो पानी सेवन गर्नु स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ । विशेष गरी जाडो समयमा तातो पानि अत्यधिक पिउने गरिन्छ । तर रातको समयमा सुत्नुअघि तातो पानी पिउनु पनि उत्तिकै लाभदायक छ ।
- खानपान विशेषज्ञहरुको भनाईअनुसार, रातमा सुत्नुअघि तातो पानीको सेवन गर्नाले मेटाबोलिज्म राम्रो हुन्छ । यसले स्वास्थ्यमा एकदमै धेरै फाइदाहरु हुन्छ ।
-
- रातको समयमा तातो पानीको सेवन गर्नाले मोटोपन कम गर्न सहयोग हुन्छ । तातो पानीले शरीरको भित्रको तापक्रम तातो हुन्छ । यसले मेटाबोलिज्म राम्रो हुन्छ जसले बोसो कम गर्न पनि सहयोग पुग्छ ।
-
- रातमा सुत्नुअघि तातो पानीको सेवन गर्नाले तनाव कम हुन्छ र डिप्रेसन जस्तो समस्याबाट पनि राहत पाउन सकिन्छ । यसले मुड पनि फ्रेस रहन्छ ।
-
- रातको समयमा तातो पानीको सेवन गर्नाले स्वास्थ्य राम्रो हुन्छ । रातमा तनाव कम भयो भने निद्रा पनि राम्रो आउँछ ।
-
- रातको समयमा तातो पानीको सेवन गर्नाले रगत सफा हुन्छ । साथमा रक्तसञ्चार पनि राम्रो हुन्छ । तातो पानीको सेवनले शरीरमा भएका खराब तत्वहरुलाई पनि बाहिर निकाल्न सहयोग गर्छ । जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
-
- रातमा सुत्नुअघि तातो पानीको सेवन गर्नाले पाचन प्रणाली पनि बलियो हुन्छ । जसले गर्दा खाना राम्रोसँग पच्नुका साथै पाचन सम्बन्धी समस्याहरु पनि हुँदैन ।