×

आइरन हाम्रो शरीरका लागि चाहिने महत्वपूर्ण तत्व हो । शरीरमा यसको कमी हुँदा स्वास लिन पनि समस्या हुन्छ साथै चिडचिडाहट हुने तथा एनीमिया जस्ता गम्भीर रोग पनि लाग्न सक्छ ।

त्यसैले यहाँ जानौं कुन् तरकारीमा सबैभन्दा धेरै आइरनको मात्रा पाइन्छ । जसलाई तपाईंले आफ्नो दैनिक खानपानमा समावेश गराउन सक्नुहुन्छ ।

ब्रोकाउली

आइरनको कमी पूरा गर्नका लागि ब्रोकाउली एकदमै राम्रो विकल्प हो । ब्रोकाउलीमा आइरन, क्याल्सियम र भिटामिन सी पनि भरपूर मात्रामा पाइन्छ ।

पालक

पालकलाई आइरनको खानी नै मानिन्छ । आइरनका साथै यसमा प्रोटिन, सोडियम तथा पोटाशियम पनि पाइन्छ, जसले मुटुलाई स्वस्थ बनाउन सहयोग गर्छ ।

मशरुम

एक कप मशरुममा २.८ मिलिग्राम आइरन पाइन्छ जो आरडीआईको १५ प्रतिशत हो । मशरुमको तरकारी खाने गरेमा पनि शरीरमा आइरनको कमी पूरा हुन सक्छ ।

चुकन्दर

चुकन्दरमा पनि आइरन, पोटाशियम, सोडियम र क्याल्सियम पाइन्छ । यो खाँदा छाला पनि स्वस्थ रहन्छ । साथमा यसले शरीरमा रगतको कमी हुन दिँदैन ।

सीमी

शरीरमा आइरनको कमी पूरा गर्नका लागि सीमी, हरियो भटमास जस्ता तरकारी पनि खान सकिन्छ । यसले एनीमियाको समस्या हुन दिँदैन ।

आलु

तपाईंलाई आलु खान मन पर्छ भने पनि यसले आइरन बढाउँछ । एउटा ठूलो आलुबाट शरीरमा ३.२ मिलीग्राम आइरन प्राप्त हुन्छ ।

Back to top