×

वीरगञ्ज ५ मंसिर आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पर्साको क्षेत्र नम्बर ३ मा मधेसी गठबन्धनका उम्मेदवारहरुले चुनावी घरदैलो र अन्य दलका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याउने क्रम तीव्र पारेका छन् ।

सोही अनुरु आज सोनबर्सा, देकुली, भतौरा, पथलावाघात,घधियानी टोलमा हरि नारायण रौनियार ,मन्जुर आलम,मोहनलाल चौधरी ,सलिम अन्सारी ,नागेन्द्र यादव,लगायत हजारौ कर्याकर्ताको घरदैलो कार्यक्रममा सहभागी भएका छन ।

सो अवसरमा रौनियारले मधेसीले पाएको अधुरो अधिकारलाई पूर्ण गराएर पर्सालाई विकासमा नमूना जिल्ला बनाउनका लागि आफूले उम्मेद्वारी दिएको बताए । मधेसवादी गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतले जिताउन मतदाताहरुलाई अग्रह गरे ।

 

Back to top