अहिले देशैभर गर्मी निकै नै बढिरहेको छ । यस्तोमा हरेकको घरमा एसी, पंखा चलिरहेको हुन्छ । सबैको घरमा एसीको व्यवस्था त हुँदैन ।
यदी एसी छ भने पनि त्यसले गर्मीबाट राहत त दिन्छ, तर यसले पर्यावरणलाई पनि नोक्सान पुर्याउँछ । त्यसैले बिना एसी पनि घरलाई चिसो बनाउने उपाय तपाईंका लागि एकदमै लाभदायक हुन सक्छ ।
ग्लोबल वार्मिंग यानिकी धर्तीको तापक्रमलाई बढाउन एसीको पनि एउटा ठूलो योगदान छ । एसीबाट कुल ग्लोबल ग्रीन हाउस ग्यासको ४ प्रतिशत निस्कन्छ जो हवाई यातायात उद्योगबाट निस्कने ग्यासको तुलनामा दुईगुणा धेरै हो ।
एक अनुसन्धानमा भनिएको छ कि सन् २०५० सम्म संसारभरमा एसीको संख्या तीन गुणा बढ्नेछ । जब एसीको संख्या बढ्नेछ त्यतिबेला त्यसबाट निस्कने हानिकारक ग्यासको मात्रा पनि बढ्नेछ जसले धर्तीको तापक्रम पनि अत्यधिक बढ्दै जानेछ ।
एसीले गर्ने नोक्सानलाई थाहा पाइसकेपछि हामी पनि आफ्नो प्राकृतिक तरिकातर्फ जानुपर्ने हुन्छ । यसका लागि बिना एसी कसरी चिसो वातावरण घरमा बनाउन सकिन्छ त्यसबारेमा सोंच्नुपर्ने हुन्छ । पुरानो समयमा मानिसले बिना एसी नै घरहरुलाई चिसो राख्ने गर्दथे । यस्तो त्यसरी पनि सम्भव हुन्थ्यो किनकी त्यतिबेलाका घरहरु प्रर्याप्त हावा आउने जाने तरिकाले बनेका हुन्थे ।
घरहरुको रंगलाई त्यसरी लगाइन्थ्यो जसले घाम वा सूर्यको किरणलाई अवशोषित गर्नुको साटो त्यसलाई फिर्ता पठाउँथ्यो । अहिलेको समयमा शहरहरुमा ठूला ठूला भवन छन्, जहाँ प्रर्याप्त भेन्टिलेशनको व्यवस्था छैन । यस्तोमा बिना एसी तपाईंले घरलाई चिसो राख्नका लागि केही टिप्स अपनाउन सक्नुहुन्छ जो हामी तपाईंलाई शेयर गर्न गइरहेका छौं ।