×

फूलगोभी एकदमै स्वादिष्ट र पोषक तत्वले भरपूर तरकारी हो । तर, धेरै व्यक्ति यो खाँदा पेटमा ग्यासको समस्या हुने मान्यता राख्छन् । के साँच्चै फूलगोभी खाँदा ग्यास बन्छ ? जानौं- हो, फूलगोभीको सेवन गर्दा प्रायः मानिसको पेटमा ग्यास बन्ने समस्या हुन्छ । यदl तपाईंलाई पनि फूलगोभी खाँदा ग्यासको समस्या हुन्छ भने यसको पछाडिको कारण जान्नुहोस् ।

खासगरी, फूलगोभीमा फाइबरका साथै जीआईको मात्रा पनि अत्यधिक हुन्छ । यसकारण पेटमा ग्यासको समस्या हुन सक्छ ।

अत्यधिक मात्रामा फाइबरको सेवनले पेटसँग जोडिएका समस्या हुन सक्छन् । सीमित मात्रामा फाइबर लिनुका धेरै फाइदा छन् । जस्तै तौल कम गर्ने, मधुमेहमा फाइदा, मुटुको स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।

फूलगोभीको अत्यधिक सेवनले पेट दुख्ने, ग्यास, एसिडिटी, सुन्निने जस्ता समस्या हुन सक्छन् । तर, सीमित मात्रामा फूलगोभी खाँदा तपाईंलाई धेरै लाभ पनि हुन्छन् । जस्तै  पोषणले भरपूर यसले इम्यूनिटी बढाउँछ । साथै स्वस्थ मुटुका लागि, पाचनमा फाइदा, छालाका लागि पनि फाइदा गर्दछ ।

पेटमा ग्यासको समस्याबाट बच्न फूलगोभीलाई राम्रोसँग पकाएर खानुहोस् । यसलाई आधा पाकेको वा उमालेर खानबाट बच्नुहोस् ।

Back to top