×

काठमाडौँ । नेपाल आइडल सिजन ५ का विजेता करण परियारको नयाँ गीत सार्वजनिक भएको छ । आइडल विजेता भएपछी करणको सार्वजनिक भएको यो दोस्रो गीत हो । करणलाई फिमेल भोकलामा गायिका अस्मिता अधिकारीले साथ दिएकी छन् । 

‘मैले सम्झिने मान्छे’ बोलको गीतलाई डा. बिष्णु दाहालले लेखेका हुन् भने अर्जुन पोखरेलले कम्पोज गरेका हुन् । गीतमा महाराज थापाको एरेन्ज रहेको छ । 

सार्वजनिक गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । प्रेमिल गीतको भिडियोमा मोडल शनिशा भट्टराई र शितल वाग्लेको अभिनय देख्न सकिन्छ । भिडियोमा शितल र शनिशाको जोडी सुहाएको छ । 

भिडियोलाई मान कृष्ण महर्जन र पवन सुश्लिङले खिचेका हुन् भने बिकाश धमलाले सम्पादन र कलर गरेका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।
 

Back to top