×

सर्लाही । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सङ्घीयता विरोधहरूलाई समयले नै परास्त गर्ने धारणा राखेका छन् ।

सर्लाहीमा लोसपाको जिल्ला कार्यसमितिद्वारा आयोजित पदभार ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले सङ्घीयता विरोधहरूको धारणा समाज र समयले स्वयम् हटाउने बताएका हुन् ।

कार्यक्रममा सोनलले जनसङ्ख्याको आधारमा बजेट निर्धारण तथा प्रहरी समायोजनको आवश्यकतालाई जोड दिएका थिए । “सङ्घीयता हाम्रो देशको लागि अत्यन्त आवश्यक छ,” उनले भने, “हाम्रो उद्देश्य सबैलाई समेटेर समुन्नत राष्ट्र निर्माण गर्नु हो ।”

शुभकामना आदानप्रदान कार्यक्रममा लोसपाका वरिष्ठ उपाध्यक्ष प्रदीप नारायण यादव, महासचिव तथा मधेस दलित समिति उपाध्यक्ष राम प्रवेश बैठा, महासचिव देवेन्द्र कुमार यादव, र सर्लाही जिल्ला अध्यक्ष रामप्रसाद यादवको पनि उपस्थिति थियो ।

कार्यक्रममा सहभागी नेताहरूले प्रदेशको समृद्धि र जनताको हकहितमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Back to top