×

वीरगञ्ज । वीरगञ्जस्थित होटल भिस्वामा जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा देशको समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक विषयमा व्यापक छलफल तथा विचार–विमर्श गरिएको छ।

कार्यक्रममा सहभागीहरूले वर्तमान राजनीतिक अवस्था, राष्ट्रिय मुद्दा, सामाजिक चुनौती तथा आर्थिक गतिविधिसम्बन्धी विभिन्न जिज्ञासा र धारणा राखेका थिए। सहभागीहरूले उठाएका प्रश्न र चासोका विषयमा अध्यक्ष यादवले आफ्नो धारणा व्यक्त गर्दै मुलुकको समसामयिक अवस्था, राजनीतिक परिदृश्य, सामाजिक रूपान्तरण तथा आर्थिक विकासका विविध पक्षबारे विचार राखेका थिए।

अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, पूर्वमन्त्री जितेन्द्र सोनल, पूर्वमन्त्री रमेश कुर्मीलगायत नेताहरूको सहभागिता रहेको थियो। उनीहरूले पनि खुला छलफलमार्फत समसामयिक विषयमा आफ्ना धारणा राख्दै विचार आदान–प्रदान गरेका थिए।

आयोजकका अनुसार कार्यक्रमको उद्देश्य समसामयिक राष्ट्रिय मुद्दामा संवाद र छलफलमार्फत सहभागीहरूबीच विचार आदान–प्रदान तथा राजनीतिक, सामाजिक र आर्थिक विषयमा साझा बुझाइ विकास गर्नु रहेको थियो।

Back to top