×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । अस्ट्रेलिया बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने तयारीमा छ । यसका लागि नयाँ कानुन निर्माणको प्रक्रिया अघि बढेको छ । 

बिहीबार अस्ट्रेलियाली संसद्को तल्लो सदनमा पेस गरिएको विधेयकले १६ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई फेसबुक, टिकटक, ट्विटर (एक्स), र इन्स्टाग्रामजस्ता प्लेटफर्महरूको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री एन्थनी अल्बनिजले सामाजिक सञ्जालबाट बालबालिकामा पर्ने नकारात्मक प्रभाव रोक्न यो कदम चालिएको बताए । उनका अनुसार, नयाँ कानुनले बालबालिकाको डिजिटल सुरक्षाका लागि स्पष्ट मार्ग निर्देश तयार गर्नेछ ।

बिबिसीका अनुसार, विधेयकको १७ पृष्ठ लामो प्रारूप अर्को साता अस्ट्रेलियाली सिनेटमा प्रस्तुत गरिनेछ ।

प्रस्तावलाई धेरै अभिभावकले समर्थन जनाए पनि विज्ञहरूले यसमा प्रश्न उठाएका छन् । के बालबालिकालाई पूर्ण रूपमा सामाजिक सञ्जालबाट टाढा राख्न सकिन्छ, या यसले उनीहरूको डिजिटल शिक्षा र व्यक्तित्व विकासमा असर पुर्‍याउँछ भन्ने विषयमा बहस भइरहेको छ ।

सरकारको यो कदमले बालबालिकाको भलाइका लागि डिजिटल सीमारेखा कोर्न सफल हुने अपेक्षा गरिएको छ ।

Back to top