महिलाहरूले ३० वर्ष कटेपछि छाला र कपालमा चमक ल्याउनका लागि खानपानमा विशेष ध्यान दिनुपर्छ । किनभने यस समयमा हर्मोनहरू तीव्र रूपमा परिवर्तन हुन थाल्छन् । यसकारण धेरै समस्याहरू देखा पर्न सक्छन् ।
विभिन्न हर्मोनहरूको उपस्थिति महिलाहरूको शारीरिक संरचना पुरुषहरूभन्दा भिन्न बनाउँछ । ३० वर्षको उमेरपछि हर्मोनको स्तरमा अचानक परिवर्तन आउँछ, जसका कारण धेरै स्वास्थ्य समस्याहरू देखापर्न सक्छन् । आयुर्वेदिक विशेषज्ञहरू ३० वर्षको उमेरपछि प्रत्येक महिलाले अश्वगन्धा, अलस र शिलाजित खानुपर्ने सुझाव दिन्छन् ।
विशेषज्ञहरूका अनुसार ३० वर्षको उमेरपछि हर्मोनहरूको स्तरमा उतारचढाव, ऊर्जा कम, छाला र कपालको स्वास्थ्यमा खराबी आउनुजस्ता समस्याहरू देखिन्छन् । यससँगै प्रजनन क्षमता पनि कम हुन थाल्छ, जसले ३० पछि परिवार योजना बनाउने महिलाहरूका लागि चुनौतीपूर्ण हुन सक्छ । यसबाहेक छिटो उमेर ढल्किनबाट जोगिन पनि यस्ता चीजहरूको सेवन गर्न थाल्नुपर्छ ।
अश्वगन्धा
डाक्टरले महिलाहरूलाई ३० वर्षपछाडि नियमित रूपमा अश्वगन्धा पाउडर सेवन गर्न सुझाव दिएका छन् । अश्वगन्धाले तनाव बढाउने हर्मोनलाई घटाउँछ । साथै यसले तनाव हर्मोनका कारण हुने प्रिम्याच्योर एजिङ (समयअघि बुढ्यौली) र हर्मोन असन्तुलनबाट बचाउन सक्छ ।