×

वीरगञ्ज । फेसबुकमा "Unified Nepal – एकीकृत नेपाल" नामक पेजले राजावादी अभियान प्रवर्द्धन गर्न १९ लाख रुपैयाँभन्दा बढी खर्च गरेको खुलेको छ।

यो पेजले पृथ्वीनारायण शाह, महेन्द्र र त्रिभुवनका भनाइहरू प्रचार गर्न फेसबुक विज्ञापनमा १३,९९८ अमेरिकी डलर (१९ लाख ४५ हजार रुपैयाँ) खर्च गरेको फेसबुकको विवरणमा देखिन्छ।

फेसबुकको 'पेज ट्रान्सपरेन्सी' विवरणअनुसार, यो पेज नेपालबाट नै सञ्चालित छ। दुई जनाले चलाउने देखिएको यो पेज २०२३ अक्टोबर २४ मा खोलिएको हो।

माइसंसारमा प्रकाशित ब्लग अनुसार यो पेजले २६ वटा विज्ञापन गरेका मध्ये ११ वटामा राजा महेन्द्रका भनाइ, ९ वटामा पृथ्वीनारायण शाहको दिव्योपदेश राखिएको छ। विज्ञापनमा १८ देखि ३४ वर्ष उमेर समूहलाई लक्षित गरिएको छ।

डिजिटल विज्ञापनहरू जनमत निर्माणका लागि प्रभावकारी हतियार बन्दै गएको विश्लेषकहरूको भनाइ छ। यो पेजले कुनै राजनीतिक दल वा संस्थाको नाम खुलाएको छैन, तर यसको गतिविधिलाई राजनीतिक एजेण्डासँग जोडिएको हुनसक्ने अनुमान गरिएको छ। श्रोत : nepal views MORE THAN NEWS

Back to top