×

वीरगञ्ज । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साबाट एक जना युवकलाई पक्राउ गरेको छ । 

सिआइबीको टोलीले  वीरगञ्ज महानगरपालिका–२० घर भएका १९ वर्षीय धिरज पटेललाइ पक्राउ गरेको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय कल र एसएमएस बाइपासमा संलग्न आरोपमा उनलाई वीरगञ्जको लालपर्साबाट पक्राउ गरिएको हो । 

उनले वीरगञ्ज–१६ स्थित अनुज कुमार सर्राफको घरमा कोठा लिएर कल बाइपास गरेको भेटिएको छ । उनीविरुद्ध पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । कल बाइपासमा प्रयोग भएको उपकरण प्रहरीले बरामद गरेको प्रहरी उपरीक्षक मिश्रले बताए । 
 

Back to top