×

सिराहा । सिराहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस र लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानलै विजयी भएको छ।

स्ववियु सभापतिमा नेविसंघका पृथ्वी कुमार यादव निर्वाचित भएका छन्। उनले १७८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी संयुक्त विद्यार्थी मोर्चाका उम्मेदवार विवेक कुमार मण्डलले ११० मत मात्र प्राप्त गरे।

अन्य पदमा पनि नेविसंघका उम्मेदवार विजयी भएका छन्। सचिव: रमेश कुमार यादव,कोषाध्यक्ष: राम यादव,सदस्यहरू:,उपेन्द्र कुमार गुप्ता,राधिका कुमारी मण्डल,कञ्चन पासवान,आरती कुमारी मण्डल,अजिता कुमारी यादव,विशाल यादव,मनिषा कुमारी यादव,जेएस मुरारका बहुमुखी क्याम्पस, लहान यसैगरी, लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा पनि नेविसंघको प्यानलै विजयी भएको छ।

स्ववियु सभापतिमा रोहित राउत विजयी भएका छन्। उनले ५७५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी अनेरास्ववियूका उम्मेदवार मनिष चौधरीलाई १४४ मतको अन्तरले पराजित गरे। चौधरीले ४३१ मत प्राप्त गरेका थिए। संयुक्त मोर्चाका उम्मेदवार ललित यादवले भने ९७ मत मात्र प्राप्त गरेका छन्।

सिराहाका प्रमुख दुई क्याम्पसमा नेपाल विद्यार्थी संघको प्यानलै विजयी भएसँगै संगठनले थप उर्जा पाएको छ। विजयी उम्मेदवारहरूले क्याम्पस सुधार, विद्यार्थी अधिकारका मुद्दा र शैक्षिक गुणस्तर वृद्धिका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

Back to top