×

वीरगंज, मंसिर २५ - बारा निर्वाचन क्षेत्र नम्बर ४ को (ख)को प्रदेशसभा सदस्य पदमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरम नेपालको गठबन्धनका संयुक्त उम्मेदवार जितेन्द्र सोनल निर्वाचित भएका छन् ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का केन्द्रिय महासचिव समेत रहेका सोनलले आफ्नो निकटम प्रतिद्वान्द्धि बाम गठबन्धनका संयुक्त उम्मेदवार उमेश कुमार कुशवाहालाई ७ हजार ४ सय २६ मतको अन्तरले पराजित गर्दै विजयी भएका छन् ।

सोनलले १३ हजार १ सय १८ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वान्द्धि बाम गठबन्धनका कुशवाहाले ५ हजार ६ सय ९२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका विजय प्रकाश साह रौनियारले ५ हजार १ सय ३३ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार सुरेश प्रसादले ३ हजार ९ सय ६२ मत प्राप्त गरेका छन् ।

Back to top