×

भिन्सेट फन गग र दा भिन्ची जस्ता कलाकारहरूलाई सबैले चिन्छन् तर महिलाहरू कला जान्दैनथे या चित्र कोर्दैनथे। किनकि तिनको नाम खासै सुनिदैन। कैयौँ महिला कलाकारहरू देखिएनन्। जसको बारेमा यहाँ चर्चा गरिएको छ। 

हिल्डेथगार्ड फन बिँगेन (१०९८–११७९)

मध्यकालमा कयौँ प्रतिभाशाली महिलाहरूले मठमा हस्तलिपि र किताब चित्रणको काम गर्ने गर्थे। हिल्डेगार्ड फन बिँगेन पनि उनीहरूमध्येकी एक थिइन्।

उनी आफ्नो लेखन, संगीत, चिकित्सा, धर्मशास्त्र र कलाका लागि परिचित छिन्। उनले आफ्ना लिपिहरूको चित्रण पनि स्वयं गरेकी थिइन्। उनले एक सन्तको उपाधि प्राप्त गरिन्। यसका अलावा उनलाई महिलाहरूका लागि साहस र स्वतन्त्रताको प्रेरणा स्रोत पनि मानिन्छ। 

फेडे गालिजिया (१५७८–१६३०)

गालिजिया मिलानकी थिइन्। उनले आफ्नो पहिलो चित्र किशोरावस्थामा बनाएकी थिइन्। त्यस समयका कैयौँ महान व्यक्तिहरूको प्रोट्रेट गालिजियाले बनाएकी थिइन्। उनको कला यति प्रसिद्ध थियो कि, त्यसको चर्चा प्रागको त्यो समयका सम्राट रुडोल्फ द्धितीयसम्म पुगेको थियो।

उनको सबैभन्दा प्रसिद्ध चित्रण फेडे गालिजिया विथ द हेड अफ होलोफर्नेज हो। इतिहासकार गालिजियाले स्वयंलाई जुडिथको रुपमा चित्रित गरेको मान्छन्। 

जियोवाना गारजोनी (१६००–१६७०)

इटालीकी जियोवाना गारजोनी फुल, बिरुवा र जनावरको अध्ययनका लागि प्रसिद्ध थिइन्। उनको कला शैली स्थिर चित्रणभन्दा कैयौं गुणा धेरै थियो।

उनको पेन्टिङको प्रविधि यति विस्तृत थियो कि उनको काम वैज्ञानिक अध्ययन जस्तै लाग्थ्यो। उनको राम्रो सम्पर्कले उनलाई सर्वोच्च कला वर्गसम्म पुर्‍याइदियो। त्यसपछि उनले छिट्टै सर्वश्रेष्ठ स्टिल लाइफ पेन्टर्स र वैज्ञानिक चित्रकारीमा प्रतिष्ठा प्राप्त गरेकी थिइन्। 

मडालेना कोर्भिना (१६०७–१६६४)

कोर्भिनाले लघु चित्रकलामा दक्षता हासिल गरेकी थिइन्। उनी नक्काशी पनि गर्थिन्। गारजोनी, कोर्भिना र आर्टेमिसिया जेन्टिल्स्की इटालीका सबैभन्दा प्रसिद्ध बारोक शैलीका चित्रकार हुन्। 

एलिजाबेथ लुई विजी ले ब्रां (१७५५–१८४२)

म्याडम ले ब्राँ, क्लासिसिज्म पेन्टर र फ्रान्सकी रानी म्यारी अन्टेन्नेट रुचाइएकी पोर्टेट पेन्टर थिइन्।

उनले फ्रान्सेली क्रान्तिका क्रममा इटाली, रुस, जर्मनी र बेलायतमा केही समय बिताइन्। उनले यूरोपेली अरिस्टोक्रेसीका सदस्यका लागि चित्र बनाइन्। उनले विशेषगरी महिला र बालबालिकाको चित्र कोरिन्। उनले आफ्ना चित्रहरूमा असामान्य रुपमा खुल्ला मुखसँग चित्रित गर्थिन्। यस्तो गर्नु त्यो समय विवादास्पद मानिन्थ्यो। 

म्यारी कसाट (१८४४–१९२६)

म्यारी कसाट इन्पे्रशनिस्टहरको बीच एक मात्र अमेरिकी थिइन्। उनको सिद्धान्त थियो, म स्वतन्त्र हुँ, म एक्लै बस्न सक्छु र मलाई काम गर्न राम्रो लाग्छ भन्ने उनको सिद्धान्त थियो। उनले महिलाहरू र बालबालिकाको संसारमा ध्यान केन्द्रित गरिन्।

यसबाट उनको तस्वीरहरूलाई एउटा छुट्टै पहिचान मिल्यो। कसाटको चित्रहरूमा महिलाहरू मात्र सुन्दर आकृति हुने गर्दैन थिए। उनको महिलाहरू आत्मनिर्भर, विचार शील र अभिव्यक्तिले भरिपूर्ण हुन्थे।  

सेनिया दुुलुने (१८८५–१९७९)

रुसी–फ्रान्सेली चित्रकार र डिजाइनर आफ्ना एब्स्ट्रेक्ट र ज्यामितीय आकारहरूका लागि परिचित थिइन्। उनलाई रंग, प्रकाश र गतिको मेलबाट उत्पन्न छविहरूमा रुची थियो, जुन उनका चित्रहरूमा झल्कन्थ्यो। सन् १९६४ मा पहिलो जीवित महिला बनिन्, जसका लागि पेरिसको लुव्र म्युजियममा पुनरावलोकन समर्पित गरियो।

Back to top