स्वादमा तितो हुने भएपनि निम स्वास्थका लागि निकै फाइदाजनक छ। यसले रोग प्रतिरोधी क्षमता बढाउँछ र छालासँग सम्बन्धित धेरै समस्याबाट छुटकारा दिलाउँछ। तपाईले घरमै निमपानी तयार गर्नसक्नुहुन्छ। यसमा एन्टी-इन्फ्लेमेटरी, एन्टी-फंगल, एन्टी-ब्यक्टेरियललगायत धेरै पोषक तत्व हुन्छन्, जसले हामीलाई धेरै रोगहरूबाट बचाउँछन्। निमको पानी पिउने वा निमको पत्ती बिहान खाली पेटमा चपाउनाले दुखाई, घाउ, पेटको समस्या, कपाल झर्नेलगायत समस्या टाढा हुन्छन्।
प्रतिरोधी क्षमता बढाउँछ
तपाईले निमको पत्ती सेवन गर्दा पनि हुन्छ वा निमको काडाँ वा यसको पानी पिउनुस्। निममा पाइने एन्टी इन्फ्लेमेटरी, एन्टी–फंगल, एन्टी ब्याक्टेरियल पोषक तत्वले प्रतिरोधी क्षमता बलियो बनाउँछ र गम्भीर रोगहरूबाट बच्न सहयोग गर्छ।
पेट दुख्ने समस्याबाट पनि निमले आराम दिन्छ। यसले पेटको अल्सर कम गर्छ। पेट फुल्ने, ऐठन, कब्जियत आदी टाढा गर्छ। पेटका हानिकारक ब्याक्टेरियालाई नस्ट गरेर पेटलाई फ्लु र संक्रमणबाट बचाउँछ।
दाँतका लागि लाभदायक
निमको पानी पिउँदा दाँत र गिजासँग जोडिएका समस्या टाढा हुन्छन्। किनकी यसमा एन्टी ब्याक्टेरियल तत्व हुन्छ, जसले दाँतमा रहेका ब्याक्टेरिया सफा गर्छ। ब्याक्टेरिया मरेपछि सास र मुखबाट आउने दुर्गन्ध पनि टाढा भाग्छ। अर्थात्, दाँतसँग सम्बन्धित धेरै समस्या यसले ठिक गर्छ ।
छाला र कपालका लागि निम पानी सेवन निकै लाभदायक छ। निम पानी सेवन गर्नाले डण्डीफोर, घाउ, स्किन एलर्जी, एक्जिमा, स–साना खटिरा, दाग धब्बाजस्ता छालादेखि मौसमी समस्याहरुबाट पनि राहत दिन्छ ।
निमको पानीमा पाइने भिटामिन ई, एस्ट्रिन्जेन्ट गुणल छाला र कपालको स्याहार गर्छ । यसको एन्टी ब्याक्टेरियल गुणले छालाको ब्याक्टेरिया मार्छ।