यदि तपाईं आफ्नो बच्चाको स्याहार राम्रोसँग गर्न चाहनुहुन्छ भने श्रीमान श्रीमती आपसमा नलड्नुहोस् ।
अभिभावकको लडाईं तथ झगडाको बच्चामा एकदमै नराम्रो असर पर्छ ।
– अभिभावकको झगडाले बच्चाहरुमा सम्बन्धलाई लिएर असुरक्षाको महसुस हुन्छ जसले गर्दा भविश्यमा उनीहरु कसैलाई विश्वास गर्न सक्दैनन् ।
– त्यस्ता बच्चा जसका आमाबुवाहरु झगडा गर्ने गर्दछन्, उनीहरु साथी बनाउन पनि डराउँछन् । यस्ता बच्चाहरु धेरै कसैसँग घुलमिल हुँदैनन् ।
– जो बच्चाका अभिभावक एकआपसमा लड्छन् वा झगडा गर्छन्, त्यस्ता बच्चाहरु डराउने र आफूलाई बेसहारा महसुस गर्दछन् । उनीहरु कसैसँग केही भन्न पनि डराउँछन् साथै पढाईमा पनि ध्यान दिन सक्दैनन् ।
-यस्ता बच्चाहरु पछि गएर नराम्रो व्यवहार गर्ने खालका हुन्छन्, किनकी उनीहरुले यो कुरा आफ्नै आमाबुवाबाट सिकेका हुन्छन् ।
– भविश्यमा गएर बच्चाले पनि आफ्नो जीवनसाथीसँग त्यस्तै व्यवहार गर्ने, सधैं झगडा गर्ने, सहमतिमा नआउने खालको व्यवहार देखाउन सक्छ ।
– अभिभावकको झगडाको कारण कतिपय अवस्थामा बच्चाहरुले आफूलाई मान्ने गर्दछन् जसले गर्दा उनीहरु गलत कदम उठाउन पनि सक्छन् । त्यसैले बच्चाहरुको अगाडि झगडा गर्ने गल्ती कहिल्यै गर्नु हुँदैन ।
हरेक सम्बन्धमा सानोतिनो लडाईंहरु हुन्छन् । तर यसो हुन्छ भन्दैमा आफ्नै बच्चाहरुका अगाडि पार्टनरसँग चिच्याउने तथा गाली गर्ने खालको व्यवहार गर्नु हुँदैन । प्रेमपूर्वक समस्याको समाधान गर्न सकिन्छ ।