×

यदि तपाईंलाई धेरै नै भोक लागिराख्छ भने त्यो कुनै गम्भीर समस्याको संकेत पनि हुन सक्छ ।

तनावका कारण पनि लगातार भोक लाग्ने हुन्छ । किनभने तनाव भएमा शरीरमा कोर्टिसोल हर्मोन बन्न थाल्छ । जसकारण धेरै भोक लाग्ने गर्छ । यसबाहेक पनि अन्य कारण छन् लगातार भोक लाग्नुका ।

हाइपोथाइराइडिज्म

लगातार भोक लाग्नुको कारण हाइपोथाइराइडिज्म पनि हुन सक्छ । यसमा थाइराइडका कारण शरीरमा हर्मोनको स्तर बढ्छ जसले गर्दा आवश्यकता भन्दा धेरै भोक लाग्ने गर्छ ।

औषधिको सेवन

भोक जगाउने वा अन्य कुनै रोगको औषधिको सेवन गर्नुहुन्छ भने पनि यस्तो समस्या हुन सक्छ ।

मधुमेह

मधुमेहको समस्यामा पनि भोक लागिरहने हुन्छ । मधुमेहका बिरामीले एकपटकमा धेरै खान मिल्दैन जसले गर्दा बेला बेला भोक लाग्ने समस्या हुन्छ । त्यसरी नै तपाईंलाई मधुमेह भएको तर थाहा नभएको पनि हुन सक्छ ।

डिहाइड्रेशन

गर्मीमा डिहाइड्रेशनका कारण पनि धेरै भोक लाग्ने हुन्छ । जब शरीरमा पानीको कमी हुन्छ तब भोक लाग्छ र तिर्खा पनि धेरै लाग्ने गर्छ । धेरै भोक लाग्नु पनि रोगको संकेत हो ।

मोटोपन

त्यस्तै मोटोपनका कारण पनि धेरै भोक लाग्ने समस्या हुन्छ । त्यसैले सही तौल कायम राख्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ । शरीर जति बढ्दै गयो त्यति नै खाना पनि चाहिने हुँदै जान्छ ।

Back to top