×

मुम्बई । अक्षय कुमारको फिल्म ‘हाउसफुल ५’ रिलिज भएको १० दिन भइसकेको छ। 

निर्माताहरूले साझा गरेको जानकारी अनुसार फिल्मले भारतीय बक्स अफिसमा १९१.८२ करोड भारतीय रुपैयाँ कमाएको छ। साथै, विश्वव्यापी कमाई पनि २४४.४६ करोड भारतीय रुपैयाँ नाघेको छ।

हाउसफुल ५ को अहिलेसम्मको कलेक्सन :

  • पहिलो दिन: २४ करोड रुपैयाँ
  • दोस्रो दिन - ३८.२० करोड रुपैयाँ
  • तेस्रो दिन – ४१.४१ करोड रुपैयाँ
  • चौथो दिन - १५.५१ करोड रुपैयाँ
  • पाँचौँ दिन - १३.०८ करोड रुपैयाँ
  • छैटौँ दिन - ११.०९ करोड रुपैयाँ
  • सातौँ दिन - ८.८५ करोड
  • आठौँ दिन - ७.७८ करोड
  • नवौँ दिन - १२.०४ करोड रुपैयाँ
  • १० औँ दिन - १४.५२ करोड रुपैयाँ
  • कूल- १९१.२ करोड रुपैयाँ

फिल्म हाउसफुल ५ जुन ६ मा रिलिज भएको थियो। फिल्ममा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन, ज्याकलिन फर्नान्डेज, सोनम बाजवा, नरगिस फाखरी, फरदीन खान, ज्याकी श्राफ, सञ्जय दत्त र नाना पाटेकर लगायतका कलाकारहरूले अभिनय गरेका छन्। फिल्मको निर्माण बजेट २२५ करोडको थियो, जबकि १५ करोड प्रिन्ट र विज्ञापनमा खर्च गरिएको थियो। यसरी, फिल्मको कुल लागत २४० करोड थियो।

Back to top