×

नयाँ दिल्ली । बलिउड अभिनेता अक्षय कुमारको हाउसफुल ५ ले आफ्नो बजेट समेत निकाल्न नसक्ने देखिएको छ । फिल्मको कमाई लगातार घट्दै गइरहेको छ । अक्षय कुमार, अभिषेक बच्चन र रितेश देशमुख अभिनित फिल्म हाउसफुल ५ धूमधामका साथ रिलिज भएको थियो । फिल्मबाट अक्षयका फ्यानले धेरै अपेक्षा गरेका थिए । 

तर यी सबै आशा चकनाचुर भए जस्तो देखिएको छ । रिलिज भएको १३ औं दिनमा फिल्मको कमाइमा भारी गिरावट आएको छ । बुधबार फिल्मले बक्स अफिसमा ३ करोड भारु मात्रै कमाएको छ । मंगलबार फिल्मले ४ करोड २५ लाख भारु कमाएको थियो । यसअघि सोमबार फिल्मको कमाई ३ करोड ७५ लाख थियो ।  अहिलेसम्म फिल्मले १६५ करोड २५ लाख भारु मात्रै कमाएको छ । 

पहिलो दिन २४ करोड रुपैयाँ कमाएको यो फिल्मले पहिलो हप्तामा १२७ करोड २५ लाख भारु कमायो । फिल्मले पहिलो आइतबार सबैभन्दा धेरै ३२ करोड ५० लाख भारु कलेक्सन गरेको थियो ।

फिल्मको बजेट २२५ करोड भारु रहेको बताइएको छ । फिल्मको कलेक्सन जुन गतिले अघि बढिरहेको छ यसलाई हेर्दा फिल्मले लगानी नउठाईकन हलबाट बाहिरिने स्थिति देखिएको छ । 

Back to top