×

मुम्बई । बलिउड फिल्म ‘सैयारा’ ले विश्वभर ५०० करोड भारुभन्दा बढी कमाएको छ। फिल्मको टोलीका अनुसार, सैयारा भारतको सबैभन्दा धेरै कमाउने प्रेमकथा बनेको हो।

यो निर्देशक मोहित सुरीको लागि विश्वव्यापी ५०० करोड क्लबमा सामेल हुने पहिलो फिल्म हो । १८ दिनमा फिल्मले विश्वव्यापी रूपमा कुल ५०७ करोड रुपैयाँ कमाएको छ ।

वाईआरएफका सीईओ अक्षय विधानीद्वारा निर्मित यो फिल्म अहान पाण्डे र अनित पद्डाको डेब्यू फिल्म हो। फिल्मको सफलताको बारेमा अक्षय विधानीले भने- ‘एक कम्पनीको रूपमा, हामी यो ठूलो सफलताको श्रेय फिल्मका कप्तान (निर्देशक) मोहित सुरीलाई दिन चाहन्छौँ जसले आजको पुस्तालाई उनीहरूले सम्बन्धित गर्न सक्ने प्रेमकथा दिए । 

साथै हाम्रा नयाँ स्टार अहान र अनितलाई पनि, जसले आफ्नो अभिनयले यो प्रेमलाई जीवन्त बनाए। आदित्य चोपडालाई उनको बलियो समर्थन र ‘सैयारा’ को सम्पूर्ण टोली जसले यो फिल्मलाई विश्वभर यति विशेष बनायो।’

सैयाराको विश्वव्यापी ग्रस बक्स अफिस :  तेस्रो हप्तासम्म

· भारत– ३७६ करोड रुपैयाँ

·इन्टरनेशनल– १३१ करोड रुपैयाँ

· कुल विश्वव्यापी कमाई – ५०७ करोड रुपैयाँ (अगस्ट ४, २०२५ सम्म)

Back to top