×

मुम्बई । अभिनेत्री अवनीत कौरले अन्ततः विराट कोहलीसँग आफ्नो नाम जोडिएको चर्चित विवादबारे प्रतिक्रिया दिएकी छन्।

केही समयअघि, भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले इन्स्टाग्राममा अवनीतको फ्यानपेजमा पोस्ट गरिएको तस्बिरलाई ‘लाइक’ गरेपछि ठुलो चर्चा भएको थियो। पछि विराटले यो ‘गल्तीले भएको’ भन्दै प्रस्टीकरण दिएका थिए।

हालै एक कार्यक्रमका क्रममा पत्रकारले अवनीतसँग सो विवादबारे प्रश्न गर्दा उनी हल्का लजाइन् र मुस्कुराउँदै भनिन्, ‘माया पाउँदै गरूँ, अरू के भनूँ।’

यसअघि उनले यस विषयमा कुनै टिप्पणी गरेकी थिइनन्। तर पत्रकारको प्रश्नपछि पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिएकी हुन्।

विराटले गल्तीले लाइक गरेको फोटो भाइरल भएपछि सामाजिक सञ्जालमा धेरैले उनको मजाक उडाएका थिए । केहीले विराट–अनुष्काबिच तनाव भएको दाबीसमेत गरेका थिए। 

तर कोहलीले तुरुन्तै विज्ञप्ति जारी गर्दै प्रस्ट पारेका थिए, ‘फिड स्क्रोल गर्दा एल्गोरिदमका कारण गल्तीले लाइक भएको देखिएको हो, यसको पछाडि कुनै व्यक्तिगत कारण छैन।’

Back to top