×

वीरगञ्ज । छठ पर्वको शुभ अवसरमा कुर्मी सशक्तीकरण मञ्च पोखरिया नगर कमिटीले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

पोखरिया नगरपालिका–९ बैरिया चौकस्थित पेट्रोल पम्प नजिक आयोजना गरिएको कार्यक्रममा मञ्चका अध्यक्ष प्रमान्नद प्रसाद कुर्मीको अध्यक्षता रहेको थियो भने मञ्चका संस्थापक अध्यक्ष सदान्नद प्रसाद कुर्मी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा कुर्मी सेवा सदनका अध्यक्ष सुरेन्द्र कुर्मी, मञ्चका निवर्तमान अध्यक्ष विशेस्वर प्रसाद कुर्मी, जिल्ला अध्यक्ष दिपक प्रसाद कुर्मी, कोषाध्यक्ष राजेश प्रसाद कुर्मीलगायत नगर कमिटीका पदाधिकारी, सदस्य तथा स्थानीय कुर्मी समाजका अगुवा र बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका वक्ताहरूले छठ पर्वले सामाजिक एकता, सामूहिकता र धार्मिक सहअस्तित्वलाई सुदृढ बनाउने सन्देश दिएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले समुदायबीच आपसी सद्भाव र सहकार्यको वातावरण निर्माण गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

Back to top