×

हाम्रो वरिपरि धेरै मानिसहरू भेटिन्छन्, जो मौसम परिवर्तन हुँदा सधैंजसो बिरामी पर्छन्। कहिले रुघाखोकी-ज्वरो, कहिले थकान वा अन्य सामान्य संक्रमणले हैरान बनाइरहन्छ। आज हामी तपाईंलाई किन यस्तो हुन्छ भन्नेबारेमा सामान्य जानकारी दिनेछौं ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार यसको मुख्य कारण हाम्रो कमजोर प्रतिरक्षा प्रणाली (इम्यून सिस्टम) र अस्वस्थ जीवनशैली हो। लामो समयको तनाव, मोटोपना, धूम्रपान, मद्यपान, खराब खानपान, प्रदूषित वातावरण वा पुराना रोगहरू यसमा मुख्य कारक हुन्।

बारम्बार बिरामी पर्नुका १० कारण

  • तनाव र चिन्ता  
  • मोटोपना
  • धूम्रपान र मद्यपान
  • प्रदूषण
  • निद्राको कमी
  • पुराना रोग    
  • खराब खानपान
  • सरसफाइको कमी
  • बढ्दो उमेर
  • जिनेटिक्स  

  जीवनशैलीमा गर्नुपर्ने ९ परिवर्तन

  • तनाव कम गर्ने अभ्यास गर्नु
  • सन्तुलित आहार लिनु  
  • पर्याप्त पानी पिउनु
  • नियमित व्यायाम गर्नु
  • धूम्रपान र मद्यपान छोड्नु
  • पर्याप्त निद्रा लिनु
  • सरसफाइमा ध्यान दिनु
  • प्रदूषणबाट जोगिन मास्क प्रयोग गर्नु
  • नियमित स्वास्थ्य परीक्षण गर्नु  

बारम्बार बिरामी हुँदा कहिले डक्टरलाई देखाउने?

  • यदि ज्वरो ३–४ दिनभन्दा लामो समय रह्यो भने
  • लगातार थकान महसुस भयो भने
  • सास फेर्न गाह्रो भयो भने
  • पटक–पटक गम्भीर संक्रमण भयो भने


बारम्बार बिरामी पर्नु सामान्य कुरा मात्रै होइन, कतिपय अवस्थामा मधुमेह, थाइराइड, एनीमिया वा अन्य गम्भीर रोगको संकेत पनि हुन सक्छ। त्यसैले आफ्नो जीवनशैली सुधार्नु र आवश्यक परे समयमा डक्टरको सल्लाह लिनु नै स्वास्थ्यलाई दीर्घकालीन रूपमा सुरक्षित राख्ने उपाय हो।

Back to top