परिवारमा नजिकका कोही आफन्तलाई हर्ट अट्याक वा स्ट्रोकका कारण मृत्यु भएको छ भने सो परिवारमा हृदय रोगको इतिहास छ भन्ने सङ्केत गर्छ ।
पारिवारिक इतिहासमा हृदय रोग हुँदा यस खालको जोखिम धेरै तरिकाले बढाउँछ । यस्तोमा विज्ञहरूले ४५ वर्षको उमेरदेखि नै मुटुको स्वास्थ्य जाँच गराउन भन्छन् ।
हामी आफ्नो पारिवारिक इतिहास त परिवर्तन गर्न सक्दैनौँ, तर जीवनशैलीमा केही सकारात्मक परिवर्तनहरू गरेर आफ्नो जोखिम कम भने गर्न सक्छौँ ।
यी लक्षणलाई गर्नु हुन्न बेवास्ता
के गर्ने ?
मुटु रोगको लागि आनुवंशिक परीक्षण गराउनेबारे आफ्नो डाक्टरसँग कुरा गर्नुस् । कार्डियोमायोप्याथी र एरिथमिया जस्ता मुटुसँग सम्बन्धित समस्या छन् कि भनेर परीक्षण गर्न सकिन्छ । यसमा रगत वा र्यालको नमुना दिनु पर्छ । जसले जीनमा हुने म्युटेसन पत्ता लगाउन सक्छ ।
मुटु स्वास्थ्यको लागि आहार:
मुटु रोगको पारिवारिक इतिहासले रोगको जोखिम बढाए पनि तपाईंले आफ्नो आहार मार्फत यसलाई कम गर्न सक्नुहुन्छ । स्याचुरेटेड फ्याट, ट्रान्स फ्याट कोलेस्ट्रोल, ,चिनी र नुनको उच्च मात्राले मुटु रोगको जोखिम बढाउँछ । आफ्नो आहारमा निम्न कुराहरू समावेश गर्नु फाइदाजनक हुन सक्छ:
सक्रिय रहँदा पनि मुटु रोगको जोखिम कम गर्न सकिन्छ
२०१८ को बेलायतमा भएको एक अध्ययनमा हृदय रोगको पारिवारिक इतिहास छ भने पनि शारीरिक रूपमा बढी सक्रिय रहने मानिसहरूलाई हृदयाघात वा स्ट्रोकको जोखिम कम भएको पाइएको थियो । शारीरिक रूपमा सक्रिय व्यक्तिहरूको मुटु निम्नद्वारा सुरक्षित हुन्छ:
यी चिजमाथि राख्नुस् नजर
उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र टाइप २ मधुमेह हृदय रोगसँग जोडिएका छन् । यी समस्याहरूमा नजर राख्नाले तिनीहरूलाई नियन्त्रणमा राख्न मद्दत मिल्दछ । नियमित रूपमा आफ्नो डाक्टरलाई भेट्नुस् । आफ्नो तौल कति छ भनेर बेला बेला हेर्नुस् । यसबाहेक तपाईंले निम्न कुराहरूमा पनि ध्यान दिन आवश्यक छ: