×

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आउँदो वर्षका लागि कृत्रिम बुद्धिमता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) क्षेत्रमा तीन गुणा लगानी र ६ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गरेका छन् ।

आज संसद्मा प्रस्तुत गरेका वार्षिक बजेट सम्बोधनमा राष्ट्रपति लीले झन्डै सात अर्ब अमेरिकी डलरको लगानीमा दक्षिण कोरियालाई अमेरिका र चीनसँगै विश्वका शीर्ष तीन एआई शक्तिहरूमध्ये एक बनाउने लक्ष्य लिइएको बताएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएकाे छ ।

यो रकम यस वर्षको एआईसम्बन्धी बजेटभन्दा तीन गुणाले धेरै हो । सन् २०२६ का लागि प्रस्तुत दक्षिण कोरियाको सरकारी बजेटको कुल आकार सात हजार दुई सय ८० खर्ब वोन रहेको छ । यो चालु वर्षको तुलनामा ८.१ प्रतिशतले धेरै हो ।

राष्ट्रपति लीको डेमोक्रेटिक पार्टीले संसद्मा बहुमत राखेकाले बजेट पारित हुने सम्भावना प्रबल देखिएको खबरमा उल्लेख छ ।

यस्तै दक्षिण कोरियाका राष्ट्रपतिले रक्षा बजेट यस वर्षको तुलनामा ८.२ प्रतिशतले बढाएर ६ सय ६३ खर्ब वोन पुर्‍याउने लक्ष्य राखेका छन् । यदि यो पारित भयो भने सन् २०१९ पछि यो सबैभन्दा ठूलो वृद्धि हुनेछ ।

Back to top