वीरगञ्ज । वीरगञ्ज–आधारित लोकप्रिय भोजपुरी गायक सुनिल पण्डितको नयाँ गीत ‘नौकरानी ना हई’ औपचारिक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गीतको औपचारिक विमोचन गर्दै पण्डितले भोजपुरी सङ्गीत क्षेत्रमा गर्दै आएको योगदानको प्रशंसा गरे । उनले स्थानीय कलाकारहरूले सिर्जना, कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने यस्तो प्रयासलाई महानगरले सधैँ साथ दिने प्रतिबद्धता व्यक्त गरे ।
विमोचन समारोहमा एल्बममा काम गरेका कलाकार, तकनीकी टोली तथा स्थानीय सङ्गीत–र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता उल्लेखनीय थियो ।
गायक सुनिल पण्डितले नयाँ गीतले दर्शक–श्रोताको मन जित्ने विश्वास व्यक्त गर्दै निरन्तर समर्थनका लागि सबैलाई धन्यवाद दिए । कार्यक्रमको अन्त्यमा कलाकारहरूले भोजपुरी गीत–सङ्गीतको विकास र यसको संरक्षणका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
‘नौकरानी ना हई’ गीत अब डिजिटल प्लेटफर्म तथा स्थानीय सञ्चार माध्यममार्फत उपलब्ध हुनेछ ।