×

मेटलाइफ इंकले लगातार दोस्रो वर्ष फर्च्यून वर्ल्डको २५ उत्कृष्ट कार्यस्थलहरूमा प्रतिष्ठित स्थान हासिल गरेको छ। यो वर्षको प्रतिष्ठित सूचीमा मेटलाइफ इंक १० नम्बरमा छ। 

विश्वभरका २५ कम्पनीहरूलाई प्रदान गरिएको यो मान्यताले कम्पनीका आफ्ना मानिस, ग्राहक र यसले सेवा गर्ने समुदायप्रतिको अटल प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ।

‘फर्च्युन वर्ल्डको २५ उत्कृष्ट कार्यस्थल सूचीमा मेटलाइफको निरन्तर मान्यता हाम्रा कर्मचारीहरूको जोस र समर्पणको प्रमाण हो, जसले हरेक दिन हाम्रो उद्देश्य पूरा गर्छन्,’ मेटलाइफका अध्यक्ष तथा सीईओ मिसेल खलाफले भने।

फच्र्यूनको अनुसन्धान साझेदार ग्रेट प्लेस टु वर्कद्वारा संकलित, २०२५ विश्वका २५ उत्कृष्ट कार्यस्थलहरू ‘ग्रेट प्लेस टु वर्क प्रमाणित संस्थाहरूमा २ करोड ५० लाख कर्मचारीहरूको अनुभव प्रतिनिधित्व गर्ने नौ मिलियन सर्वेक्षण प्रतिक्रियाहरूमा आधारित छ। कम्पनीहरूलाई उत्कृष्ट कार्यस्थलहरू सिर्जना गर्न र विश्वभरका धेरै देशहरूमा मानिसहरू र समुदायहरूलाई सकारात्मक प्रभाव पार्ने उनीहरूको प्रयासको आधारमा मूल्याङ्कन गरिन्छ।

फर्च्यून वर्ल्डको २५ उत्कृष्ट कार्यस्थल सूचीमा मेटलाइफको मान्यता अमेरिकामा काम गर्नका लागि फर्च्यून १०० उत्कृष्ट कम्पनीहरूका सूचीमा लगातार तेस्रो वर्ष र एसिया, युरोप, ल्याटिन अमेरिका र मध्य पूर्वमा उत्कृष्ट कार्यस्थलको रूपमा क्षेत्रीय मान्यता पछि आएको छ। २०२५ मा, मेटलाइफलाई ३३ मार्केटमा काम गर्नको लागि उत्कृष्ट स्थानको रूपमा प्रमाणित गरिएको थियो र ब्राजिल, चिली, चीन, साइप्रस, भारत, इटाली, मेक्सिको, पोल्याण्ड, पोर्चुगल, दक्षिण कोरिया, स्पेन, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य र उरुग्वेमा उत्कृष्ट कार्यस्थल सम्मान प्राप्त गरेको थियो।

Back to top