कहिलेकाहीँ फोन अनलक गर्न खोज्दा गल्तीले गलत पासकोड पटकपटक टाइप हुन्छ र आईफोन पूर्ण रूपमा लक हुन्छ ।
यस्तो अवस्थामा फेस आईडी/टच आईडीले पनि काम गर्दैन र स्क्रिनमा iPhone Unavailable वा Security Lockout जस्ता चेतावनीहरू देखिन थाल्छन्।
यस्तो अवस्थामा हामी आत्तिनु स्वभाविकै हो । तर डराउनु आवश्यक छैन । किनकि रिकभरी मोड र एप्पलको सुरक्षा प्रणालीको सहयोगमा त्यसरी लक भएको आइफोन पुनः खोल्न सकिन्छ।
रिकभरी मोड
एप्पलका अनुसार रिकभरी मोडले फोनलाई पुनः पहुँच दिन मद्दत गर्छ तर यसमा प्रवेश गरेपछि फोनको सबै डेटा मेटिन्छ ।
त्यसैले यसो गर्नुअघि आफ्नो फोनको iCloud, Mac/Windows वा Drive ब्याकअप अनिवार्य मानिन्छ । ब्याकअप नभएमा सम्पूर्ण फोटो, भिडियो, फाइल र म्यासेज गुम्ने खतरा हुन्छ। वास्तवमा आइफोन जस्ता सुरक्षा प्रोटोकल भएको डिभाइस प्रयोग गर्दा नियमित ब्याकअप अनिवार्य हुन्छ।
रिकभरी मोडमा कसरी जाने?
१) फोनलाई कम्प्युटरमा जडान गर्नुहोस्
युएसबी केबलबाट आफ्नो आइफोनलाई कम्प्युटरमा जोडेर अपरेटिङ सिस्टम अनुसार सही टुल खोल्नुहोस् । जसमा निम्नानुसार हुन सक्छन् –
२) आफ्नो आइफोनको मोडेल अनुसार बटन थिच्ने प्रक्रिया
iPhone 8, SE (2nd gen+) र नयाँ मोडेलहरू
iOS 17 प्रयोगकर्ताका लागि सजिलो उपाय
यदि लगातार गलत पासकोड हालेपछि ‘iPhone Unavailable’ देखियो भने iOS 17 प्रयोगकर्ताले यसो गर्नुहोस्-
यो सुविधा एप्पलद्वारा सन् २०२२ देखि सुरु गरिएको हो।
कम्प्युटरबाट Update वा Restore गर्ने प्रक्रिया
जब Recovery Mode सुरु हुन्छ, कम्प्युटरमा दुई विकल्प देखिन्छ:
Restore
एप्पलका अनुसार Restore विकल्प सबैभन्दा अन्तिम उपाय मानिन्छ।
पासकोड किन अत्यन्त महत्वपूर्ण छ?
एप्पलको सुरक्षा प्रणाली स्मार्टफोनमा सबैभन्दा उच्च स्तरको मानिन्छ। यसको Secure Enclave र Encryption सिस्टमले पासकोड नभई फोन अनलक हुन दिँदैन । साथै १० पटक गलत पासकोड हालेमा लक हुने समय क्रमशः बढाउँछ भने Erase Data after 10 failed attempts जस्ता सुरक्षा विकल्प दिएको हुन्छ।
सुरक्षित पासकोडको राख्न के गर्ने ?
साइबर सुरक्षा विशेषज्ञहरूका अनुसार आइफोनको पासकोड केवल फोनको सुरक्षा मात्र होइन प्रयोगकर्ताको सम्पूर्ण डिजिटल जीवनको सुरक्षा हो। त्यसैले यसको प्रयोग र सुरक्षामा सावधानी अपनाउनु पर्दछ।