मुम्बई । रणवीर सिंहको एक्सन फिल्म ‘धुरन्धर’ ले नेपाली बक्स अफिसमा ९ करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको १९ पुससम्मको सिनेमा : बक्स अफिस रिपोटमा ‘धुरन्धर’ को आम्दानी ९ करोड ७७ लाख, ७७ हजार ६८५ नेरु ग्रस कमाएको उल्लेख छ । नेपालमा फिल्मको टिकट भने २ लाख ९७ हजार ९०७ वटा बिक्री भएको छ ।
फिल्मले बलिउडमा पनि कमाइमा सुनामी ल्याउँदै एकपछि अर्को ठुला रेकर्ड तोडेको छ । फिल्म डिसेम्बर ५ मा रिलिज भएको हो । आदित्य धरद्वारा निर्देशित ‘धुरन्धर’ एक स्पाई–थ्रिलर फिल्म हो । जुन सत्य घटनामा आधारित भनिएको छ ।
फिल्ममा रणवीरका अलावा सञ्जय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन र सारा अर्जुन मुख्य भूमिकामा छन् ।