मुम्बई । रणवीर सिंहको एक्सन फिल्म ‘धुरन्धर’ ले नेपाली बक्स अफिसमा १० करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको शनिबार सम्मको सिनेमा : बक्स अफिस रिपोटमा ‘धुरन्धर’ को आम्दानी १० करोड १५ लाख, १८ हजार ७९५ नेरु ग्रस कमाएको उल्लेख छ । नेपालमा फिल्मको टिकट भने ३ लाख ९ हजार २२७ वटा बिक्री भएको छ ।
फिल्म गत डिसेम्बर ५ मा रिलिज भएको थियो । आदित्य धरद्वारा निर्देशित ‘धुरन्धर’ एक स्पाई–थ्रिलर फिल्म हो । जुन सत्य घटनामा आधारित भनिएको छ । फिल्ममा रणवीरका अलावा सञ्जय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन र सारा अर्जुन मुख्य भूमिकामा छन् ।