×

आईसिसी ट्वेन्टी ट्वेन्टी विश्वकपको तयारीका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने भएको छ।

रुपन्देहीको एक्सट्राटेक ओभलमा तयारी गरिरहेको नेपाली टोली प्रशिक्षण र अभ्यास खेलका लागि माघ पहिलो साता श्रीलंका जाने तय भएको हो। 

त्यहाँ श्रीलंकाको ए टोलीसँग नेपालले माघ ६, ८ र १० गते अभ्यास खेल खेल्नेछ। 

श्रीलंका भ्रमणपछि टोली भारत जाने छ । मुम्बईमा माघ १३ र १४ गते दुई दिनको प्रशिक्षणपछि मुम्बई क्रिकेट एसोसिएसनको एमसीए प्रेसिडेन्ट ११ सँग दुई ट्वेन्टी ट्वेन्टी खेल खेल्ने छ। 

पहिलो खेल १५ गते दिउँसो र दोस्रो खेल १७ गते डे नाईट खेल्नेछ। 

मुम्बईमै नेपाल विश्वकप अन्तर्गत समुह चरणको खेल खेल्नेछ। फेब्रुअरी ७ देखि भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपको १० औं संस्करणमा नेपाल समुह सी मा छ। 

यो समूहमा नेपालसहित दुई पटकको विजेता इङ्ल्याण्ड र वेष्ट इण्डिज तथा बंगलादेश र इटाली छन्।   नेपालले आफ्नो पहिलो खेलमा फेब्रुअरी ८ मा इङ्ल्याण्डसँग खेल्नेछ।

Back to top