वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार टेकबहादुर शाक्यले चुनावी प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीत बालबालिकालाई खुला रूपमा प्रयोग गरिरहेको देखिएको छ ।
स्थानीयका अनुसार उम्मेदवार शाक्यको प्रचार अभियानमा विद्यालय जाने उमेरका बालबालिकालाई र्याली, जुलुस तथा प्रचार गतिविधिमा सहभागी गराइएको देखिएको छ। निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार चुनावी प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गर्न निषेध गरिएको भए पनि सो नियमको उल्लङ्घन भएको स्थानीयवासीको गुनासो छ।
यसप्रकारका गतिविधिले निर्वाचनको मर्यादा र निष्पक्षतामाथि प्रश्न उठ्ने भन्दै स्थानीय सर्वसाधारणले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले निर्वाचन आयोग तथा प्रशासनले तत्काल अनुगमन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।
यस विषयमा उम्मेदवार शाक्य वा रास्वपाबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन।