वीरगंज १३ माघ युवा समाज र भगवती युवा कल्वले संयुक्त रुपमा आज वीरगंजमा दन्त शिवीरको अयोजना गरेको छ । वीरगंज महानगरपालिका वडा नम्बर ४ स्थित भगवती टोलमा अयोजित कार्यक्रमको नेपाल पत्रकार महासंघ पार्साका अध्यक्ष श्याम वंजाराले उदघाटन गर्नुभएको हो । कार्यक्रममा अहिले सम्म १ सय जनाको दात परिक्षण गरिएको छ । शिवीरमा डा मनिष चौधरीको नेतृत्वमा रहेको चिकित्सकहरुको टोलीले दन्त परिक्षण गरिरहेका छन् । वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाइको सभापतित्वमा भइरहेको कार्यक्रममा वडा प्रहरी कार्यलय विर्ताका प्रहरी निरिक्षक अनिष कर्ण, भगवती युवा कल्वका अध्यक्ष गणेश लामा, विकन मावीका निर्देशक प्रकाश उपाध्याय, मुनलाइट स्कुलका सस्थापक निर्देशक श्याम केसी, वडा नम्बर ४ का वडा सदस्य शर्मा घोषाई, नारायणी उपक्षेत्रीय अस्पतालको कर्मचारी युनियनका अध्यक्ष हरि गुप्ता, समाजसेवी मणि कुमार खड्का, प्रकाश नेपाल, अमित गुप्ता लगायतको उपस्थिती रहेको छ । कार्यक्रमको सहजीकरण हेमन्त तामागले गर्नुभएको छ ।