×

सामसङले आफ्नो आगामी ग्यालेक्सी स्मार्टफोन सार्वजनिक हुनुअघि नै ‘ह्यान्ड राइजर’ (प्रि-रिजर्भ) योजना ल्याएको छ। फेब्रुअरी २३ देखि २६ सम्म लागू हुने अफर अन्तर्गत ग्राहकले २१ हजार रुपैयाँसम्मको लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

अफर अन्तर्गत प्रि-रिजर्भ गर्ने ग्राहकले १५ हजार रुपैयाँ बराबरको १ टीबीसम्मको मेमोरी अपग्रेड र ५ हजार ९९९ रुपैयाँ मूल्यको ६० वाटको फास्ट चार्जर प्राप्त गर्नेछन्। यो सुविधा पुराना स्मार्टफोन साटेर नयाँ उपकरण लिन चाहने ग्राहकका लागि लक्षित छ।

एक्सचेन्ज सुविधाका लागि सामसङका ग्यालेक्सी S23, S24 र S25 सिरिजका साथै आइफोन (iDevice) १४, १५ र १६ संस्करणका स्मार्टफोनहरू योग्य हुनेछन्। ग्राहकले नयाँ एआई-पावर्ड (AI-Powered) स्मार्टफोनका लागि आधिकारिक वेबसाइट (samsungcampaigns.com)मार्फत दर्ता प्रक्रिया पूरा गरी आफ्नो प्रि-रिजर्भेसन सुरक्षित गर्न सक्नेछन्।

Back to top