×

पोखरा । पहिलो संस्करणको अपार सफलतापछि पर्यटकीय नगरी पोखरामा दोस्रो पटक 'नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६' आयोजना हुने भएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुति र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को आयोजनामा आगामी चैत ११ देखि १५ गतेसम्म पोखरा लेकसाइडस्थित तालबाराही चोक खेलमैदानमा यो प्रदर्शनी हुन लागेको हो।

सवारी साधन खरिद-बिक्री तथा आधुनिक प्रविधिको विकासप्रति सर्वसाधारण र सम्भावित ग्राहकको रुचिलाई ध्यानमा राख्दै यो शो आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रदर्शनीमा साना, मझौला तथा ठूला सवारी साधन, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर लगायतका अटोमोबाइल व्यवसायीहरूले सहभागिता जनाउनेछन्।

सहभागी हुन इच्छुक कम्पनी वा संस्थाहरूका लागि फागुन १२ गतेदेखि १९ गतेसम्म स्टल बुकिङ खुला गरिएको छ। ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेस प्रालिले व्यवस्थापन गर्ने यस प्रदर्शनीको स्टल बुकिङका लागि सम्पर्क गर्न  सक्नेछन्।

Back to top