×

वीरगञ्ज । पर्सा जिल्लामा सम्पन्न प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण तथा व्यवस्थित वातावरणमा सम्पन्न भएको छ। निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित बनाउन प्रशासन र सुरक्षा निकायले प्रभावकारी भूमिका निर्वाह गरेका छन्।

जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सा ले संयुक्त रूपमा निर्वाचन अवधिभर सुरक्षा व्यवस्थापनलाई कडा बनाएका थिए। प्रमुख जिल्ला अधिकारी भोला दाहाल को नेतृत्वमा प्रशासनिक संयन्त्र तथा सुरक्षाकर्मीहरू उच्च सतर्कताका साथ परिचालन गरिएको थियो।

कडा सुरक्षा व्यवस्था, निरन्तर अनुगमन तथा प्रभावकारी समन्वयका कारण जिल्लाभर कुनै उल्लेखनीय अप्रिय घटना बिना मतदान प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको प्रशासनले जनाएको छ।

निर्वाचनको सुरक्षा व्यवस्थापनमा प्रहरी निरीक्षक सुदीपराज पाठक सहित सुरक्षाकर्मीहरूको सक्रियता र कर्तव्यनिष्ठा पनि प्रशंसनीय रहेको सरोकारवालाहरूले बताएका छन्।

स्थानीयवासी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सुदीपराज पाठकसहित सम्पूर्ण सुरक्षाकर्मीहरूको जिम्मेवार भूमिका र समर्पणप्रति धन्यवाद व्यक्त गर्दै प्रशंसा गरेका छन्।

Back to top