×

वीरगञ्ज । सिराहा जिल्ला अदालतअगाडि विस्फोट भएको छ ।

जिल्ला अदालत अगाडि रहेको मधेस ल फर्ममा विस्फोट भएको प्रत्यक्षदर्शी पत्रकार अर्जुन थपलियाले बताए । विस्फोटबाट ल फर्मको सिसा र भित्र रहेका कागजात र फर्निचरमा क्षति पुगेको छ ।

अहिले त्यहाँ प्रहरी परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Back to top