वीरगञ्ज । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै इन्धनको भाउमा अत्यधिक वृद्धि गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको अस्वाभाविक उछालका कारण यस पटक नेपालका लागि पठाइएको खरिद दरमा निकै ठुलो अन्तर देखिएको हो।
नयाँ दर रेट अनुसार पेट्रोलमा प्रतिलिटर ४१ रुपैयाँ र डिजेलमा प्रतिलिटर ९४ रुपैयाँ सम्म मूल्य बढेर प्राप्त भएको छ।
भारतीय पक्षबाट आएको यो वृद्धि अहिलेसम्मकै उच्च मध्येको एक हो । विशेष गरी डिजेलमा देखिएको ९४ रुपैयाँको वृद्धि र पेट्रोलमा ४१ रुपैयाँ मूल्य वृद्धि भएर आएको छ । तर, नेपालमा भने पुरानो मूल्य नै कायम भएको छ । आयल निगमलाई ठुलो आर्थिक दबाब दिएको छ ।
भारतबाट यति ठुलो मात्रामा मूल्य बढेर प्राप्त भए तापनि नेपाल आयल निगमले भने तत्कालका लागि नेपाली बजारमा मूल्य नबढाउने निर्णय गरेको छ।
निगमले मूल्य स्थिरीकरण कोष र आफ्नो सञ्चित नाफाको प्रयोग गरेर भए पनि उपभोक्तालाई थप भार नदिने नीति लिएको हो।