सांकेतिक तस्बिर ।
वीरगञ्ज । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन तोलामा ३ हजार ६ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कायम भएको हो ।
अघिल्लो कारोबार दिन बुधवार छापावाल सुन तोलामा २ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधवार तोलामा ४ हजार ९४५ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको महासङ्घको भनाइ छ ।