×

वीरगञ्ज । नेपाली बजारमा आज सुनको भाउ घटेको छ।  हिजो तोलामा ७४ सय रुपैयाँ बढेको सुनको मूल्य आज तोलामा ३६ सय रुपैयाँ घटेर दुई लाख ९४ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हिजो सुनको मूल्य प्रतितोला ७ हजार ४ सय रुपैयाँ बढेर दुई लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको थियो।

गत माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि आज चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँ घटेर ४ हजार ७८० रुपैयाँमा झरेको छ।  हिजो चाँदीको भाउ तोलाको चार हजार ९४५ रुपैयाँ थियो। 

Back to top