वीरगञ्ज । नेपाल प्रहरीमा ठुलो सङ्ख्यामा जागिर खुलेको छ । शुक्रवार एक सूचना जारी गर्दै प्रहरीले ठुलो सङ्ख्यामा प्राविधिक जनशक्तिका लागि दरखास्त आह्वान गरेको हो ।
प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखाले सूचना प्रविधि निर्देशनालय, सञ्चार निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, सवारी महाशाखा, केन्द्रीय विधि विज्ञान प्रयोगशाला, प्रहरी अस्पताल लगायतका निकायका लागि ६०७ जनशक्तिका लागि दरखास्त आह्वान गरेको हो ।
जसअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकलगायत पदमा आवेदन दिन सकिनेछ । ती पदका लागि चैत २५ गतेदेखि आगामी वैशाख २४ गतेसम्म आवेदन दिन सकिने छ । यस्तै प्राविधिक प्रहरी जवानका लागि चैत २६ गतेदेखि आगामी वैशाख ३१ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।