वीरगञ्ज । शंकर अग्रवाल लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएपछि बयान लिएर रिहा गरिएको छ।
सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुर ले बयान प्रक्रिया पूरा भएपछि अग्रवाललाई छाडिएको जानकारी दिए। “बयान सकिएपछि उहाँलाई रिहा गरेका हौं,” उनले बताए।
यसअघि केही दिनअघि मात्रै सम्पत्ति शुद्धीकरणको अनुसन्धानका सिलसिलामा अग्रवाललाई नियन्त्रणमा लिइएको थियो।
शंकर ग्रुप देशकै स्थापित व्यावसायिक समूहमध्ये एक मानिन्छ। यसअन्तर्गत जगदम्बा स्टिल प्रमुख कम्पनीका रूपमा सञ्चालनमा रहेको छ। समूहले स्टिल उद्योगसँगै सिमेन्ट, जलविद्युत् र उपभोक्ता सामग्रीका क्षेत्रमा समेत उल्लेख्य लगानी विस्तार गरेको छ।