×

जनकपुर । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले यात्रा डेलीका अध्यक्ष राम सर्राफलाई विशेष सम्मान प्रदान गरेको छ। जनकपुरमा मंगलबार सम्पन्न महासंघको सातौँ प्रदेश सभाको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सर्राफलाई सम्मानपत्र प्रदान गरेका हुन्।

महासंघका मधेश प्रदेश अध्यक्ष अशोक कुमार टेमानीका अनुसार सञ्चार क्षेत्रको विकासमा समर्पित भएर उल्लेखनीय योगदान पुर्‍याएको र उद्योग–वाणिज्यका गतिविधिलाई प्राथमिकताका साथ समाचार माध्यममार्फत प्रवाह गर्दै आएको मूल्यांकन गर्दै सर्राफलाई सम्मान गरिएको हो।

अध्यक्ष सर्राफ सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। यात्रा डेलीमार्फत उनले मधेश प्रदेशको व्यावसायिक, सामाजिक र विकाससम्बन्धी खबरलाई प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको महासंघले जनाएको छ।

Back to top