×

बारा । बाराको विश्रामपुर गाउँपालिका–५ निवासी ३५ वर्षीय रामअशिष साह तेलीले विश्वप्रसिद्ध गढीमाई मन्दिरमा ४८० वटा नारिवल चढाउँदै प्रधानमन्त्री बालेन्द्र शाहको सफल कार्यकालको कामना गरेका छन्।

धार्मिक आस्था र श्रद्धासहित मन्दिर पुगेका साहले प्रधानमन्त्री बनेको खुसीमा सो संख्यामा नारिवल चढाएको बताएका छन्। उनले उक्त कार्य कुनै राजनीतिक उद्देश्यले नभई व्यक्तिगत विश्वास र भक्तिभावका आधारमा गरिएको स्पष्ट पारे।

साहले आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेको उल्लेख गर्दै परिवारसहित मन्दिरमा पुगेर पूजा–अर्चना गरेको जानकारी दिए। सो अवसरमा उनले देशको समृद्धि, शान्ति र स्थायित्वका लागि समेत विशेष कामना गरेका थिए।

उनले प्रधानमन्त्री शाहको कार्यकाल सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्दै देश विकास र जनताको हितमा प्रभावकारी काम हुने विश्वास व्यक्त गरेका छन्।

Back to top