×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडि रहेको एक घरमा भएको कुटपिटबाट एक युवकको ज्यान गएको छ।

पर्साको कालिकामाई गाउँपालिका–१ मुडली निवासी २७ वर्षीय विकास चौरसिया को कुटपिटपछि मृत्यु भएको प्रहरीले जनाएको छ। उनी नेपाल प्रहरीका कर्मचारी रहेको प्रारम्भिक जानकारीमा उल्लेख छ।

स्थानीयका अनुसार रौतहट घर भएका एक परिवारले डेरा लिएर बसेको कोठामा भएको विवाद चर्किँदै जाँदा झगडा कुटपिटमा परिणत भएको थियो। सो क्रममा रड प्रहार हुँदा चौरसियाको ज्यान गएको बताइएको छ।

घटनामा संलग्न तीन जना पुरुष र एक महिला गरी चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घटनापछि क्षेत्र तनावग्रस्त बनेको थियो भने प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ।

यस सम्बन्धमा थप विवरण बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरि बहादुर बस्नेत सँग सम्पर्क हुन सकेन। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

Back to top