×

पाकिस्तानले इरान र अमेरिका बीचको वार्ताको अर्को चरण चाँडै सुरु हुन सक्ने जनाएको छ।

पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफका अनुसार युद्धविराम कायम रहनु र सकारात्मक अवस्था देखिनुका कारण वार्ता अघि बढ्ने सम्भावना रहेको हो।

यसअघि प्रधानमन्त्री शहबाज शरीफले पनि युद्धविरामले संवादका लागि आधार तयार पारेको बताएका थिए।

यसैबीच, इरान र अमेरिका बीच युरेनियम संवर्धन रोक्ने विषयमा मतभेद कायमै रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानले पाँच वर्षका लागि संवर्धन रोक्ने प्रस्ताव राखेको भए पनि अमेरिकाले २० वर्षको माग गरेको छ।

अघिल्लो चरणको वार्ता निष्कर्षविहीन रहे पनि कूटनीतिक पहल जारी रहेको संकेत गरिएको छ। अमेरिकाले इरानको परमाणु गतिविधिलाई मुख्य चिन्ताको विषय मान्दै आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु हतियार हासिल गर्न नदिने दोहो¥याउनुभएको छ । साथै, उपराष्ट्रपति जेडी वेंसले इरानले समुद्री मार्गमा अवरोध सिर्जना गरेको आरोप लगाउँदै आवश्यक परे कडा कदम चाल्ने संकेत गरेका छन्।

Back to top