गर्मी मौसममा लुगाफाटा र खानपानका साथसाथै छालाको आवश्यकता पनि परिवर्तन हुन्छ। चर्को घाम, पसिना र प्रदूषणले छालामा सीधा असर गर्छन्। यस्तो अवस्थामा तपाईंले जाडोमा प्रयोग गरिने छालाको हेरचाह गर्ने रुटिन नै जारी राख्नुभयो भने, छाला अत्यधिक चिल्लो हुने, फुस्रो देखिने वा डन्डीफोर आउने समस्या हुन सक्छ।
वास्तवमा, गर्मीमा पराबैजनी किरण र आर्द्रताले छालाको बाहिरी तहलाई हानि पुर्याउन सक्छन्। यसले ट्यानिङ, पिग्मेन्टेसन र संक्रमणको जोखिम बढाउने देखिएको छ।
गर्मीमा छालाको हेरचाह कसरी गर्ने ? कुन-कुन गल्तीले छालालाई हानि पुर्याउँछन् ? सर्वप्रथम यिनै कुराहरूको बारेमा थाहा लिऔँ।
गर्मीमा स्किन केयर रुटिन परिवर्तन गर्न किन आवश्यक छ ?
निम्न कारणहरूले गर्दा गर्मीमा स्किन केयर रुटिन परिवर्तन गर्न आवश्यक देखिन्छ:
के छालाको प्रकारअनुसार स्किन केयर रुटिन फरक हुन्छ ?
हो, हरेक छालाको आवश्यकता र समस्या फरक हुन्छ। छालाले फरक-फरक तरिकाले प्रतिक्रिया जनाउँछ। त्यसैले एउटै उत्पादन (Product) र तरिका सबैको छालामा काम गर्दैन।
कुन प्रकारको छालामा कस्तो समस्या बढी हुन्छ ?
गर्मीमा स्किन केयरका सामान्य आधारभूत चरणहरू के-के हुन्, जुन सबै प्रकारको छालामा लागू हुन्छन् ?
जवाफ: गर्मीमा स्किन केयरका आधारभूत चरणहरू यस प्रकारका रहेका छन्:
१. दिनमा दुई पटक अनुहार धुनुहोस्।
२. अनुहार धोएपछि टोनर प्रयोग गर्नुहोस्।
३. आफ्नो छालाको प्रकारअनुसार मोइस्चराइजर लगाउनुहोस्।
४. बाहिर जानुअघि र घरभित्र बस्दा पनि आवश्यकताअनुसार सनस्क्रिन लगाउनुहोस्।
छालाको प्रकारअनुसार गर्मीको लागि पूर्ण स्किन केयर रुटिन कस्तो हुनुपर्छ ?
चिल्लो छाला
सुक्खा छाला
साप्ताहिक रूपमा: हप्तामा १-२ पटक हाइड्रेटिङ मास्क लगाउनुहोस्। १-२ पटक अनुहारलाई हल्का स्क्रब गर्नुहोस् (धेरै स्क्रब गर्नबाट बच्नुहोस्)।
मिश्रित छाला
संवेदनशील छाला
गर्मीमा छाला किन धेरै चिल्लो हुन्छ ?
छालामा सिबासियस ग्रन्थी हुन्छन्, जसले 'सेबम' अर्थात् प्राकृतिक तेल बनाउँछन्। गर्मीमा तापक्रम बढ्दा यी ग्रन्थीहरू धेरै सक्रिय हुन्छन्। गर्मीमा धेरै पसिना आउँछ। तेल र पसिना मिसिएर छाला टाँसिने र चिपचिप हुने हुन्छ। गर्मीमा आर्द्रता पनि बढी हुने भएकाले तेल उड्न सक्दैन र छालामै टाँसिएर रहन्छ। यसले गर्दा छालाका रोमछिद्रहरू छिटो बन्द हुन्छन्। साथै, हर्मोनले पनि तेल उत्पादनमा असर गर्छ।
के जाडोमा प्रयोग गरिने स्किन केयर रुटिन गर्मीमा प्रयोग गर्दा हानिकारक हुन सक्छ ?
हरेक मौसममा छालाको आवश्यकता फरक-फरक हुन्छ। त्यसैले मौसम, छालाको आवश्यकता र समस्याअनुसार आफ्नो स्किन केयर रुटिन पनि परिवर्तन गर्न आवश्यक छ।