×

अमेरिका र इरानबीच सोमबार पुनः वार्ता हुने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका छन्। दुवै देशका प्रतिनिधिमण्डलहरू वार्ताका लागि सप्ताहन्तमा पाकिस्तान आइपुग्ने समाचारहरुमा उल्लेख छ। 

सीएनएनले इरानी स्रोतहरूलाई उद्धृत गर्दै वार्ताको दाबी गरेपनि अमेरिकाले वार्ता तय भएको पुष्टि गरेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार दुवै पक्षहरू सम्झौताको नजिक रहेको विश्वास व्यक्त गरेका थिए।

इरानका विदेशमन्त्रीले व्यावसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला रहेको बताएकाले मध्यपूर्वमा युद्धको अन्ततः अन्त्य हुने आशालाई बलियो बनाएको छ। 

तर, इरानी संसदका सभामुखले भने अमेरिकाले यस क्षेत्रमा आफ्नो नौसेना नाकाबन्दी नहटाएमा जलमार्ग फेरि बन्द हुने चेतावनी दिएका छन्।

Back to top